हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

आजको मौसमः धेरैको अधिकांश स्थानमा तुवाँलो, कतै वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस्तै देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै भूभागहरुमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागका एक वा दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्