हाम्रो देश
८ बैशाख २०७८, बुधवार

माधव नेपाल पक्षले गठन गरेको प्रदेश कमिटीमा बस्न दुइ नेता द्वारा अस्वीकार

काठमाडौं । समानान्तर कमिटी गठन गर्दा एमाले झन् कमजोर हुने भन्दै दुई नेताले माधव नेपाल पक्षको वागमती प्रदेश कमिटीमा बस्न अस्वीकार गरेका छन् । विज्ञप्ति जारी गर्दै डा. रामकुमार अधिकारी र धनबहादुर घलेले आफूहरुलाई समानान्तर कमिटीमा राखिएको भन्दै बस्न अस्वीकार गरेका हुन् ।
डा. अधिकारी वागमती प्रदेशसभा सदस्य हुन् । घल दोस्रो संविधानसभामा सदस्य रहेका थिए ।

अधिकारी भने २०७४ को प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी एकता जोगाउनुपर्नेमा समानान्तर कमिटी गठन गर्दा पार्टी कमजोर हुने बताएका छन् । एमालेलाई कमजोर बनाउने प्रयास भएको भन्दै उनीहरुले आपत्ति नै जनाएका छन् ।

प्रतिकृया दिनुहोस्