हाम्रो देश
५ बैशाख २०७८, आइतवार

भीम रावलको संयोजकमा नेपाल पक्षले बनायाे सुदूरपश्चिम समानान्तर कमिटी

काठमाडौं । नेकपा एमाले माधव–झलनाथ समूहले सुदूरपश्चिममा भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी निर्माण गरेको छ । मंगलबार सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले आठ जिल्लामा कमिटी गठन गरेको हो । दार्चुला भने कमिटी बनाइएको छैन ।

कैलाली अध्यक्षमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।

कैलाली अध्यक्षमा चयन हुनुभएको सोडारी तत्कालीन नेकपामा हुँदा कारबाहीमा पर्नुभएको थियो । पुस ७ मा बसेको माधव–प्रचण्ड नेकपाको केन्द्रीय बैठकले सोडारीको कारबाही फुकुवा गरेको थियो ।

समूहले समानान्तर कमिटी गठन कार्यलाई तिव्र गतिमा अघि बढाइरहेको छ । मंगलबार वागमती प्रदेशका जिल्लामा आफू पक्षीय नेतृत्व चयन गरेको थियो । गत शनिबार पनि माधव–झलनाथ पक्षले गण्डकी प्रदेशका जिल्लामा समनान्तर कमिटी गठन थियो ।

प्रतिकृया दिनुहोस्