हाम्रो देश
५ बैशाख २०७८, आइतवार

काठमाडौं आजपनि विश्वकै एक नम्बर प्रदुषित शहर, टप ७ प्रदुषित शहर दक्षिण एशियाकै

काठमाडौं । विश्वको वायु प्रदुषित शहर मापन गर्ने आइक्यूएयर डट कममा आजपनि काठमाडौं पहिलो स्थानमा परेको छ । यसअघि पनि पटक पटक विश्वको पहिलो प्रदुषित शहरमा परेको काठमाडौं बुधबार बिहान पनि १ नम्बरमा परेको हो । आइक्युएयर डट कममा काठमाडौंको एक्यूआई २६० रहेको छ । त्यस्तैगरी दोस्रो प्रदुषित शहरको रुपमा भारतको राजधानी दिल्ली परेको छ । दिल्लीको एक्यूआई १६० रहेको छ ।

तेस्रो प्रदुषित शहरको रुपमा रहेको अफगानस्तानको राजधानी कावुलको एक्यूआई १५३ रहेको छ । भारतको कोलकत्ता चौथो प्रदुषित शहरमा रहेको छ । कोकत्ताको एक्यूआई १४५ रहेको छ । त्यस्तै छैटौँ र सातौँ स्थानको प्रदुषित शहरमा पनि दक्षिण एशियाकै पाकिस्तानको राजधानी लाहोर र बंगलादेशको ढाका रहेको छ । दुवैको एक्यूआई क्रमस १४२ र १४० रहेको छ ।

काठमाडौंको वायु प्रदुषण हुनुमा भारतको विभिन्न क्षेत्रबाट उडेर आएको धुलो र मुलुकभरी लागेको डढेलो भएको विज्ञहरुले बताएका छन् । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने हुनाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्यविदहरुले बताइरहेका छन् । यसअघि वायु प्रदुषणकै कारण सरकारले विद्यालय बन्द गरेको थियो । आइतबारबाट मात्रै विद्यालयहरु संचालनमा आएका थिए ।

प्रतिकृया दिनुहोस्