हाम्रो देश
५ बैशाख २०७८, आइतवार

२४ औं जवान आफ्नो कब्जामा भएको प्रमाण दिँदै भारत सरकारसँग माओवादीको यस्तो माग

काठमाडौं। भारतको छत्तीसगढमा माओवादी नक्सली र भारत सरकारका सुरक्षाकर्मीबीच भएको भिडन्तमा सरकारका २३ जना जवान मारिएका थिए । बेपत्ता भएका २४ औं जवान आफुहरुको नियन्त्रणमा सहेको माओवादीले बताएको थियो । अहिले माओवादीले त्यसको प्रमाण दिएको छ । सेन्ट्रल रिजर्भ पुलिस फोर्सका जवान राकेश्वर सिंहको तस्वीर जारी गर्दै माओवादीले भारत सरकारसँग आफ्नो माग राखेको छ ।

फोटोमा सीआरपिएफ कोबरा बटालियनका जवान सिंह माओवादी क्याम्पमा बसिरहेका देखिएका छन् । ३ बप्रिलमा भएको भिडन्तपछि उनी बेपत्ता थिए । माओवादीले राकेश्वर सुरक्षित भएको बताएका छन् । राकेश्वरलाई जगरगुंगा क्षेत्रमा राखिएको हुन सक्ने अनुमान गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । माओवादीले प्रेस नोट जारी गर्दै भारत सरकारलाई वार्ताको लागि मध्यस्थकर्ताको नाम सार्वजनिक गर्न भनेको छ । वार्ताको प्रक्रिया अगाडि बढेपछि जवानलाई रिहा गर्ने माओवादीले बताएका छन् ।

झारखण्डका मुख्यमन्त्री भूपेश वघेलले बुधबार कोरोना संक्रमण रिभ्यूको लागि क्याबिनेट बैठक बोलाएका छन् । यस क्रममा माओवादीसँग वार्ताको लागि वार्ता टोली गठन गर्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । गृहमन्त्री ताम्रध्वज साहुले मंगलबार माओवादीको पत्र आफूले नदेखेको तर त्यसमा लेखिएको कुराबारे सुनेको बताएका थिए । उनले यस विषयमा मुख्यमन्त्रीसँग छलफलपछि निर्णय गरिने बताएका थिए ।

प्रतिकृया दिनुहोस्