एजेन्सी । दुबईको सार्वजनिक स्थलमा नग्न फोटोसुट गरेका महिलाहरुलाई उनीहरुको देशमा फिर्ता पठाइने भएको छ ।दुबईको सार्वजनिक स्थानमा तस्वीर खिचिएका युक्रेनी महिलाई पक्राउ गरिएको थियो । हिरासतमा लिइएको मध्ये कम्तिमा १२ युक्रेनी महिला र एक रूसी पुरुष रहेको जनाइएको छ।
दुबईको मारिना क्षेत्रमा नग्न फोटो खिचेपछि उनीहरूले सोशल मिडियामा पोस्ट गरेको आरोप लगाइएको छ।
उनीहरुमाथि हजार दिरहम जरिवाना र छ महिनासम्म जेल सजाय हुन सक्ने जनाइएको छ ।