हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

‘प्रधानमन्त्री ओलीले विदेशी शक्तिसामू आत्मसमर्पण गरे’

सल्यान । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामू आत्मसमर्पण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।

सल्यानमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले विदेशी शक्तिसामूह आत्मसर्पण गरेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीबाट संविधान मिच्नेदेखि जनताको सपना किल्चिदिनेसम्मको व्यवहार भएको भन्दै प्रचण्डले भने, ‘केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने,जनताको सपना किल्चिदिने र विदेशी शक्तिसामू आत्मसमर्पण गर्ने घटना घट्यो ।’

मुलुकमा भइरहेका विभिन्न षड्यन्त्रविरुद्ध जनता जागरुक हुनुपर्नेमा जोड दिएका उनले कम्युनिस्ट एकता भंग गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलामा आफूहरू सहमत नभए पनि स्वीकारेर अघि बढेको जानकारी दिए ।

ठूलो संघर्ष, बलिदानीपछि मुलुकले पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आफू लागिरहने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्