हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार

सुनसरी । कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका-३ का ८४ वर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।

आज अपराह्न सवा ४ बजेको समयमा कोशी नदीमा एक व्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्