जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि

२०७९ श्रावण १६, सोमबार ०८:१४ बजे

एजेन्सी : जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २-१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो ।

सब्सिटिट्युट क्लोइ केलीले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जीत दिलाइन् । यसअघि, एला टुनले खेलको ६२ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । तर, ७९ औँ मिनेटमा जर्मनीकी लिना मागुलले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार