शिव सेनाका सांसद सञ्जय राउत पक्राउ

२०७९ श्रावण १६, सोमबार ०८:१७ बजे

काठमाडौं : शिवसेना नेता सञ्जय राउतलाई प्रवर्तन निर्देशनालय (ईडी) ले हिरासतमा लिएको छ। सञ्जय राउतका भाइ सुनील राउतले अधिकारीहरूले सञ्जयलाई दक्षिण मुम्बईको ईडीको कार्यालयमा लगेको जानकारी दिएका छन् । ईडीका अधिकारीहरू बिहान सञ्जय राउतको घर पुगेका थिए। अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार ईडीले उनलाई सोधपुछका लागि दुईवटा सूचना पठाएको थियो तर उनी हाजिर भएनन् ।

यसअघि, समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सञ्जय राउतमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको जनाएको थियो । यता एएनआईले ईडीले पत्रा चावल जग्गा घोटाला मामिलामा राउतमाथि कारबाही गरेको बताएको छ। सञ्जय राउतको घरमा छापा मारेको खबर आएलगत्तै उनको घरबाहिर समर्थकहरुको भीड लागेको थियो । उनीहरुले नाराबाजी गर्दै ईडीको कारबाहीको विरोध गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार