प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने प्रचण्डको घोषणा

२०७९ श्रावण १६, सोमबार २२:१० बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने रहर रहेको भन्दै चुनाव पछि प्रधानमन्त्री बनेरै छोड्ने घोषणा गरेका छन् । पछिल्लो समय प्रचण्ड आफु पुगेको हरेक कार्यक्रममा आफु प्रधानमन्त्री बन्न आतुर रहेको बताउने गरेका छन् । प्रचण्डले अन्तिम पटक प्रधानमन्त्री बनेर सम्झन लायक काम गर्न आफु आतुर रहेको बताएका हुन् ।

‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु, ’ प्रचण्डले एक कार्यक्रममा भने ।

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी दोश्रो हुने दावी पनि गरे । काँग्रेसलाई पहिलो दल हुन सघाउँदा माओवादी केन्द्रलाई दोश्रो बन्न सहयोग गर्नुपर्ने सर्त अघि सारेका हुन् । प्रचण्डले स्थानीय तहको निर्वाचनमा केहि अन्तरघात र केहि हदसम्म काँग्रेसको असहयोगका कारण आफुहरु तेश्रो दलमा खुम्चिनु परेको पनि बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार