
काठमाडौं : एस.जी ग्रुप अन्तर्गत नेपालमा विक्रि भइरहेको मोटरहेड र टारो ब्राण्डका वाइक तथा स्कुटर अब ग्राहकहरुले उक्त कम्पनीको हाल रहेको विभिन्न शोरुमबाट एकै छाना मुनि सहज तरिकाले खरीद गर्न सक्ने भएका छन् ।
डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी अब कम्पनीले ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकै साथ उपलब्ध गराउँदा ग्राहकहरुले सजिलो महसुस गर्ने र खरीद गर्ने निर्णयमा पुग्न सजिलो हुने विश्वासको साथ कम्पनीले यो नीति अघि सारेको छ । यसका साथै विक्रि पछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अपग्रेड गरी सञ्चालनमा ल्याउने भएकोले पनि ग्राहकहरुलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टीनेन्समा सहज हुने विश्वास कम्पनीको रहेको छ ।

काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई ग्राहकहरुले उक्त दुवै ब्राण्डको अवलोकन तथा टेष्ट राइड गरी खरीद गर्न सक्नेछन् । साथै कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भाद्र १९ गतेबाट उपत्यका व्यापी शोरुम टेष्ट राइड कार्यक्रमको शुरुवात गर्दैछ, जहाँ ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन् । Tekken R 250, Scrambler 250, MH-150 मोटरहेडका चलेका मोडलहरुमध्ये एक हुन् भने, गत कार्तिकमा नेपाल भित्रिएको GP1 250, GP2 200, Imola 150 Taro ब्राण्डका वढी मन पराइएका मोडलहरु हुन् ।

कम्पनीको दशैं तिहार अफर पनि छिट्टै प्रकाशित गरिने र यस पालिको अफर पनि सदा झैं ग्राहकमुखी रहने जानकारी कम्पनीले दिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।