आज यी चार प्रदेशमा वर्षाको सम्भावना

२०७९ आश्विन १५, शनिबार ०६:३० बजे

काठमाडौं : हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार