रामेछापबाट लुक्लामा नियमित उडान शुरु

२०७९ आश्विन १५, शनिबार १०:३१ बजे

काठमाडौं : काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर) बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एकरएक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ । यसअघि कोभिड भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा भइरहेको उडान रामेछाप सारिएको थियो ।

लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गर्छन् । पर्यटकीय सिजन शुरु भएसँगै लुक्ला व्यस्त रहने गर्छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार