सिभिल बैंकको १०२ औं एटीएम चितवनको सौराहामा

२०७९ आश्विन १५, शनिबार १०:४२ बजे

चितवन : समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम संचालनमा ल्याएको छ ।

उक्त एटीएमको समुद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् । एटीएम संचालन सँगै त्यस क्षेत्रका सेवाग्राहीलाई आवश्यक पैसा झिक्न सहज हुने भएको छ ।

बैंकले करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गरिसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार