सल्यानमा जीप दुर्घटना : दुईको मृत्यु, १७ जना घाइते

२०७९ आश्विन १५, शनिबार १०:५९ बजे

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमाली नजिकै दुर्घटनामा परेका हो ।

दुर्घटनामा ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता भन्ने एनका पुनको मृत्यु भएको उनले जानकारी दिए । डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जीपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार