मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९ आश्विन १५, शनिबार ११:४९ बजे

हेटौँडा : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत निरौलाले बोर्ड राखेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । उनले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । मकवानपुर जिल्लामा प्रतिनिधिसभाको दुईवटा र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार