२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण

२०७९ आश्विन १५, शनिबार १६:४३ बजे

काठमाडौं : पछिल्लो २४ घण्टामा १३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ७४१ जनाको एन्टिजेन गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। साथै ९६ जना निको भएको मन्‍त्रालयले जनाएको छ।

यस्तै देशभर अहिले ९२५ जना सक्रिय संक्रमित छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार