गठबन्धन छाड्ने तयारीमा उपेन्द्र यादव

२०७९ आश्विन १५, शनिबार १७:२१ बजे

काठमाडौं : जनता समाजवादी पार्टीले पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । मंसिर ४ मा हुने निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा तालमेल गर्ने सहमति गरेको जसपाले सिट बाँडफाँट आफ्नो पार्टीको पक्षमा नभएको भन्दै बाहिरिने तयारी गरेको हो ।

शनिवार सिंहदरबास्थित उक्त पार्टीको संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा गठबन्धनबाट बाहिरिने विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

जसपाका प्रवक्ता मनिष सुमनले जारी गरेको प्रेस नोटमा पनि पाँँच दलीय गठबन्धनमा भएको सिट बाँडफाँट जसपाको लागि सन्तोषजनक नभएको उल्लेख गरेका छन् ।

प्रेस नोटमा भनिएको छ, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पकोरूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार