गुडिरहेको बसमा अचानक आगलागी

२०७९ आश्विन १५, शनिबार १८:२३ बजे

खोटाङ : खोटाङमा गुडिरहेको बसमा आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा नजिकैको घुम्तीमा गुडिरहेको अवस्थामा बसमा अचानक आगलागी भएको हो ।

काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ आगलागी भएको थियो । आगलागीबाट बस र बसमा रहेका सामान जलेर नष्ट भएका छन् । तर, आगलागीबाट कुनैपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका थिए। बसमा ३२ यात्रुहरु सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार