कांग्रेस अध्यक्षका पदका तेस्रो उम्मेदवार त्रिपाठीको उम्मेदवारी खारेज

२०७९ आश्विन १५, शनिबार २०:१० बजे

एजेन्सी : भारतीय कांग्रेस अध्यक्ष पदका लागि तेस्रो उम्मेदवार तथा झारखण्डका पूर्व मन्त्री केएन त्रिपाठीको उम्मेदवारी शनिबार खारेज भएको छ । शनिबार बसेको छानबिन समितिको बैठकपछि पार्टी केन्द्रीय निर्वाचन प्राधिकरणका अध्यक्ष मधुसूदन मिस्त्रीले सो जानकारी दिएका हुन् ।

यसरी यस चुनावमा अहिलेसम्म दुई उम्मेदवार मल्लिकार्जुन खर्गे र शशि थरुर बाँकी छन्। उम्मेदवारी दर्ताको अन्तिम दिन शुक्रबार त्रिपाठीले उम्मेदवारी दर्ता गराएका थिए । हस्ताक्षर जस्ता समस्याका कारण केएन त्रिपाठीको उम्मेदवारी फारम तोकिएको मापदण्ड पूरा नभएकाले खारेज गरिएको मधुसूदन मिस्त्रीले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार