उपचारका क्रममा रहेका दुई कैदीबन्दी फरार

२०७९ आश्विन १५, शनिबार २०:२० बजे

विराटनगर : नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा-७ मा उपचारका क्रममा रहेका झापाको सरणामतीका २८ वर्षीय राजकुमार हेमरम र सोही जिल्ला बिर्तामोडका २८ वर्षीय मन्जिल गुरुङ फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उपचार गरिरहेकै बेला दुवै जना फरार भएका हुन्।

हेमरम जबर्जस्ती करणी मुद्दाअन्तर्गत १६ वर्ष कैद सजाय पाएका कैदी हुन् भने गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका कैदीबन्दी हुन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार कैदीबन्दीलाई सीमानाकासहित अन्य स्थानमा खोज गरिरहेको श्रेष्ठले बताए। कैदीको सुरक्षामा खटिएका दुई प्रहरीमाथि आवश्यक सोधपुछ एवं छानबिन भइरहेको प्रहरीले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार