हेलिकोप्टरबाट गोरखाको स्याउ काठमाडौंमा

२०७९ आश्विन १५, शनिबार २०:३४ बजे

गोरखा : गोरखाको चुमनुब्री स्याउ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौंको बजारमा पुर्‍याइएको छ।

चुमनुब्री-४ नाम्रुङमा उत्पादन भएको गोल्डेन डेलिसियस, गाला, किङ रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ नक्शालको भाटभटेनी सुपर मार्केटमा बिक्रीका लागि राखिएको स्याउ व्यवसायी लाक्पा डुण्डुप लामाले जानकारी दिए।

गत वर्षदेखि स्याउ फल्न थाले पनि व्यवसायिक उत्पादन यसै वर्षदेखि सुरु भएको होु, लामाले भने, यसलाई मैले चुमनुब्री स्याउ भनेर ब्राण्डिङ गरेको छु। कुनै विषादी, रासायनिक मल प्रयोग गरेको छैन। स्याउ विशुद्ध अर्गानिक छ।

बगैंचाको चार हजार तीनसय ७० वटा बोटबाट यो वर्ष अन्दाजी ३५ हजार किलो स्याउ उत्पादन भएको उनको अनुमान छ।
गाउँसम्म मोटरबाटो छैन, त्यसैले हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौं पुर्‍याएको छुु, उनले भने, २८ सय किलो स्याउ गोरखाको तेस्रो गोरखकाली मेलामा बेचेँ। अरू काठमाडौंमा बिक्री हुनेछ।

समुद्री सतहबाट २७०० मिटर उचाइमा फलेको चुमनुब्री स्याउ अत्यन्तै रसिलो र स्वादिलो रहेको उनको भनाइ छ। पूर्ण अर्गानिक भएकाले मूल्य पनि बजारका अरू स्याउको तुलनामा केही बढी नै रहेको उनको भनाइ छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार