पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने

२०७९ आश्विन १५, शनिबार २०:४८ बजे

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने भएको छ ।

महासङ्घ सुर्खेत शाखाले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान तथा केन्द्रीय साधारणसभाबारे गरिएको छलफलमा उक्त मिति तय गरिएको हो ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले नगरकोट बैठकबाट आगामी साधारणसभा सुर्खेतमा गर्ने निर्णय भएको जानकारी दिए ।

कार्यक्रमका लागि आर्थिक स्रोतको पहिचान र आगन्तुकलाई आवास तथा सत्कारजस्ता मुख्य पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिए ।

छलफलका सहभागीले कार्यक्रम सफल पार्न महासङ्घमा आवद्ध सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । साधारणसभमा देशभरबाट करिव सात सय महासङ्घका पदाधिकारी तथा प्रतिनिधि सहभागी हुने महासङ्घले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार