रेखाको श्रीमानलाई बुबा बन्ने इच्छा

२०७९ मंसिर १५, बिहीबार १६:३८ बजे

काठमाडौं : अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टी ‘गसिप थलो’ समेत बन्यो । सोल्टीमोडस्थित हायात प्लेसमा बुधबार बेलुका आयोजित पार्टीमा सेलिब्रिटीको उपस्थिति रह्यो ।

रेखा थापा पहिलोपटक सार्वजनिक कार्यक्रम र मिडियामा पति बलराम शाहीसँगै देखिइन् । सलोन दम्पतीलाई वैवाहिक जीवनको बधाई दिन रेखा र बलराम त्यहाँ पुगेका थिए ।

निस्कँदै गर्दा उनीहरु मिडियासामु पहिलोपटक खुले । क्याजुअल गफगाफदेखि बेबी प्लानसम्मका कुरा त्यहाँ चले । बलराम मिडियामा खुल्न केही हच्किए पनि उनी रेखाको प्रशंसा गर्न चुकेनन् ।

रेखालाई कसरी बुझ्नुहुन्छ भन्ने जिज्ञासामा बलरामको जवाफ थियो, ‘फिल्मी, पर्फेक्ट वाइफ र देवी ।’ यसरी व्याख्या गर्दा रेखा खुसी देखिइन् । ‘विवाह स्वर्गमा बनेको हुन्छ भन्छन् । मेरो कल्पनामा यस्तै कपाल र रङ भएकी पत्नी थियो, त्यही पाएँ,’ उनले भने ।

बेबी प्लानबारे सोधिएको प्रश्नमा बलरामले आफूलाई बुवा बन्ने इच्छा भएको समेत बताए । रेखाले पनि वैवाहिक जीवन, फिल्म र राजनीतिबारे कुरा गरिन् । ‘उहाँलाई सुरुमै भेटेको भए हिरो बनाउँथे होला । मैले कल्पना गरेजस्तो हुनुहुन्छ । आध्यात्मिक, महिला र कामलाई सम्मान गर्ने मान्छे । देश र विश्वलाई बुझ्ने मान्छे मैले पाएँ,’ रेखाले भनिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार