पद र पावर खोज्नेहरुलाई पार्टीमा आउन दिन्न : लामिछाने

२०७९ श्रावण १७, मंगलवार १५:५४ बजे

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीमा पद र पावर खोज्नेलाई आउन नदिने बताएका छन् । मंगलबार पार्टीको प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

आफु पनि कुनै पद र पावरको लागि नभएर स्वच्छ मनले जनताको सेवा गर्नकै लागि राजनीतिमा आएको बताउँदै लामिछानेले कुनै दिन पद र पावरमा पछि लागेको सुइको तपाईहरुले पाएको दिनदेखि आफुलाई समेत निषेध गर्न आग्रह गरे ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले आफ्नो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन नदिने बताएका हुन् ।

अहिलेका राजनीतिक दलका नेताहरु पद र पावरको पछि लागेको भन्दै यहि कारणले ती पार्टीहरुमा बेथिती बढेको भन्दै यस पटक पनि जनताले मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार