सेयर बजार सामान्य रुपमा घट्यो

२०७९ श्रावण १७, मंगलवार १६:५३ बजे

काठमाडौं : साताको तेस्रो दिनको कारोवारमा सेयर बजार घटेको छ । आइतवार र सोमवार लगातार बढेको सेयर बजार मंगलवार भने २.८१ अंकले घटेर २१९३.४३ अंकमा आएर बजार बन्द भएको हो । दिनभर तीब्र उतारचढाव देखिएको बजारमा उपसूचकहरु भने केही बढेका र केहि घटेका छन् । बैंकिङ होटल तथा पर्यटन, विकास बैंक, जीवन तथा निर्जीवन बीमा, अन्य र लगानी उपसूचकमा गिरावट हुँदा व्यापार, हाइड्रोपावर, वित्त कम्पनी उत्पादनमुलक लघुवित्त लगायतका उपसूचक भने बढेको छ ।

सोमबार ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार भने कारोबार रकम साढे ३ अर्बबाट तल झरेको छ । दिनभर नेप्सेमा ७८ लाख १३ हजार १०२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार दिनभर बजारमा १८० कम्पनीको सेयर कारोबार भएकोमा ९२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८२ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा सामलिङ पावरको सेयरमूल्य ९।९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९।९७ प्रपतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार