कैलालीमा गोहीले बाख्रा खायो

२०७९ श्रावण १७, मंगलवार १७:०३ बजे

धनगढी— कैलालीको पथरैया नदीमा रहेको गोहीले बाख्रा खाएको छ । मानिस समेत खाने मगर जातको गोहीले टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका सिद्धप्रसाद ढुङ्गानाको बाख्रा खाएको हो ।

पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएको गोहीले नदीमा लगेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताए ।

यसअघि पनि सोहि स्थानमा २०७५ सालतिर पबाख्रा र खसीलाई गोहीले खाएको थियो । यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाइने गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार