रोट्रयाक्ट सेन्ट्रल लुम्बिनीको अध्यक्षमा प्रदीप सापकोटा

२०७९ श्रावण १७, मंगलवार २२:०२ बजे

भैरहवा । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको छैठौं पदस्थापन तथा भैरहवामा सम्पन्न भएको थियो । कार्यक्रममा वर्ष २०२२-२३ का अध्यक्ष प्रदीप सापकोटासहित कार्यसमितिले पदस्थापन गरेका छन् । वर्ष २०२२-२३ को सचिवमा मीना पराजुली र कोषाध्यक्षमा सुदीप सापकोटा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सामाजिक संघ–संस्थाले महत्वपूर्ण योगदान पुर्याएको बताए ।

त्यस्तै रोटरी डिष्ट्रिक ट्रेनिङ कमिटी चेयर (रिजन ५) का कृष्ण प्रसाद पाण्डे, रोट्रयाक्ट ३२९२ नेपाल भुटान अस्टिेन्ट डिष्ट्रिक टेजरर कृष्ण भुसाल, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२२-२३ का अध्यक्ष शिव गौडेल, क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष दिनेश पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१-२२ की अध्यक्ष विनिता पोखरेलले आफ्नो कार्यकालमा ४३ वटा कार्यक्रम गर्न सफल भएको बताइन् । उनले आफ्नो कार्यकालमा रोट्रयाक्ट डिष्ट्रिकबाट ४ वटा अवार्ड तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन १८ वर्ष २०२१-२२ को जेडआरआरबाट ‘बेस्ट लेडी प्रेसिडेन्ट’ को रुपमा समेत सम्मानित भएको जानकारी दिइन् ।

कार्यक्रमको क्लबको डाइरेक्टरी बिमोचन गरिएको वर्ष २०२१-२२ की कोषाध्यक्ष मेनुका घिमिरेले बताइन् ।
क्लबमा हाल ४० जना सदस्य रहेको क्लबकी वर्ष २०२१-२२ की सचिव रिया पहारीले बताइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार