आजको मौसम : सामान्य बदली

२०७९ आश्विन १६, आईतवार ०७:११ बजे

काठमाडौं : देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकाध स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार