इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

२०७९ आश्विन १६, आईतवार १०:१७ बजे

काठमाडौं : सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।

इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार