बार्सा शीर्ष स्थानमा

२०७९ आश्विन १६, आईतवार ११:४० बजे

रोबर्ट लेवान्डोस्कीले आफ्नो गोल वर्षा जारी राख्दा बार्सिलोनाले मार्योकालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

शनिबार राति भएको खेलमा लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लिगका सात खेलमा लेवान्डोस्कीको यो नवौँ गोल थियो । यो सिजन सबै प्रतियोगिताका ९ खेलमा उनले बार्साका लागि १२ गोल गरिसकेका छन् । ७ खेलपछि बार्साको १९ अंक रहेको छ ।

शनिबार नै भएको अर्को खेलमा उपाधि दाबेदार एट्लेटिको म्याड्रिडले सेभियालाई उसैको मैदानमा २–० ले हरायो । जीतसँगै एट्लेटिको लिगको पाँचौ स्थानमा उक्लिएको छ । भिल्लेरियालले भने क्याडिजसँग गोलरहित बराबरी खेल्यो

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार