गोसाइँकुण्ड तीर्थ मेला सुरु हुँदै, जनैपूर्णिमामा ठुलो मेला लाग्ने

२०७९ श्रावण १८, बुधबार ०७:५४ बजे

रसुवा : हरेक वर्ष जनैपूर्णिको दिन रसुवामा अवस्थित पवित्र धार्मिकस्थल गोसाइकुण्डमा लाग्ने मेलाको चहलपहल बढेको छ । गोसाइकुण्ड मेलालाई लक्षित गरी यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्य वस्तु ढुवानी गरिएको हो ।

यही साउन २३ गतेदेखि २७ गते जनै पूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए ।

काठमाडौँबाट धुन्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदलयात्रा सुरू हुने गोसाइँकुण्ड तीर्थ जाँदा धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटल व्यवसायी सङ्घले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार