पाकिस्तानमा सैनीक हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

२०७९ श्रावण १८, बुधबार ०८:०० बजे

एजेन्सी : पाकिस्तानमा सैनीक विान दुर्घटना भएको छ । पाकिस्तानको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका हुन् । बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टरमा रहेका ६ नै जनाको मृत्यु भएको छ ।


ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार