
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यस पर्ष हिमालयन बैंकको नाफा भारी मात्रामा घटेको छ । गत वर्ष २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस आवमा २२.६६ प्रतिशतले घटेर २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकद्वारा प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ६६ करोड रुपैयाँ छ । सो अवधिमा बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खबर्ब ४७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ५ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, बैंकले सो अवधिमा ३ अर्ब ५४ करोड रुपैयाँ संचालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ७० रुपैयाँ ५० पैसा र तरलता अनुपात २३.४८ रहेको छ । साथै गत असार मसान्तसम्म बैंकको खराब कर्जाा अनुपात ०.७७ प्रतिशत, कस्ट अफ फण्ड ११.६३ प्रतिशत, सीडी रेसियो ८८.८० प्रतिशत, बेसरेट ९.८८ प्रतिशत र स्प्रेडरेट ४ प्रतिशत कायम छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।