विद्युत प्राधिकरणमा नाफा कमाउन नभ्याउँदै भत्ता बाँड्न हतार

२०७९ श्रावण १८, बुधबार २१:१३ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरुलाई एक महिनाको तलव बराबर ‘वार्षिक उत्सव भत्ता’ दिन गृहकार्य थालेको छ । भ्रर्खर नाफामा जान लागेको प्राधिकरणले गत आर्थिक वषकै नाफाबाट वार्षिक भत्ता दिन गृहकार्य गरेको हो । बोनस दिनेसम्बन्धी प्रस्ताव व्यवस्थापनले बोर्ड बैठकमा पेश गर्न गृहकार्य गरेको छ ।

सरकारको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ अनुसार कुनै पनि सार्वजनिक संस्थानले महामारीका फ्रन्टलाइनरबाहेक कसैलाई प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेवापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता, खाजाखाना लगायत कुनै प्रकारका भत्ता दिन पाइँदैन ।

मुलुकमा आर्थिक समस्या देखिएकाले सरकारले चालु खर्च घटाउने नीति लिएको छ । यस्तो अवस्थामा प्राधिकरण भत्ताका रुपमा बोनस बाँड्न अग्रसर भएको हो ।

यो त्यही वर्षको लागि प्रस्तावित भत्ता हो, जुन वर्ष प्राधिकरणले उद्योगहरुमा केही समय ‘फोर्स लोडसेडिङ’ गर्नुपरेको थियो । गत हिउँदमा भारतबाट बिजुली किनेर ल्याउन नपाएपछि धेरै उद्योगले अघोषित लोडसेडिङ भोग्नुपरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार