
काठमाडौं : प्रतिनिधिसभाको चुनाव मंसिर ४ गते हुने भएके छ । बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते चुनाव गर्ने सहमति भएसंगै विहिवार चुनावको मिति घोषणा हुने भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले बताए ।
ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।