
काठमाडौं : नेपालमा कोरोना संक्रमणदर बढ्न थालेको छ । पछिल्ले तीन साया यता कोरोना संक्रमितको ग्राफ लगातार बढेको छ । विज्ञहरुका अनुसार यसरी सङ्क्रमण बढ्नुको कारण ओमिक्रोनको नयाँ भेरियन्ट बीए।५ नै को संक्रमण हो ।
बुधवार मात्र देशभर थप ९१५ जना नयाँ कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीका उल्लेख छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्ले समय कोरोना संक्रमित दिनानुदिन बढ्दा समेत यसले पार्ने भयानक असरबारे सरकारी संयन्त्रणमा सामान्य छलफलको समेत विषय हुन सकेको छैन् । पहिलो तथा दोस्रो लहरमा फ्रन्ट लाइनमा खटाइएको कर्मचारीहरुको समेत समयसिमा नबढाइ सरकार बसेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।