हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ घाइते

२०७९ आश्विन १७, सोमबार ०९:३८ बजे

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिकआँफै नालीमा खसेको छ ।

दुर्घटनामा बसमा सवार झापाको दमक -५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौं पठाइएको छ भने उक जनाको हेटौंडामैं उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार