फेरी म्यादी प्रहरीको भर्ना खुल्ने

२०७९ श्रावण १९, बिहीबार १६:२७ बजे

काठमाडौं । विहिवार बसेको मंत्रिपरिषदको बैठकले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरे संगै म्यादी प्रहरीमा पुन भर्ना खुल्ने भएको छ । नेपालरमा रहेको सुरक्षा निकायमा कायम सुरक्षाकर्मी निकै कम भएको भन्दै सरकारले पछिल्लो केहि वर्षदेखि चुनावलाई लक्षित गरी म्यादी प्रहरी भर्ना गर्न थालेको थियो ।

सरकारले गत बैशाख ३० गते सम्पन्न स्थानिय निकायको चुनावमा समेत म्यादी प्रहरी नियुक्त गरेको थियो भने आउँदै गरेको चुनावको लाग् िसमेत म्यादी सुरक्षाकर्मी भर्ना गर्न लागेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका अनुसार म्यादी प्रहरी भर्ना गर्नु अगि प्रदेश तथा प्रतिनिसभा सभा निर्वाचनका लागि विशेष योजना योजना बन्ने र त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिने छ ।

सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका प्रवक्ता राईका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले प्राथमिकता पाउनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार