
काठमाडौं । निवर्तमान पर्यटन मन्त्री प्रेम आलेसँगको विवादका कारण नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्तीमा परेको छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।
निगमको दुरावस्था पार लगाउने गरी कुनै पनि काम गर्न नसकेका कार्यकरी अध्यक्ष अधिकारीले निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उनलाई छानबिन गर्न सरकारले समिति बनाएको थियो । उनी पहिलो पटक अघिल्लो कात्तिकमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
निलम्बनमा परेपछि उनी सर्वोच्च अदालत गएका थिए । अदालतले असार २३ मा अधिकारीमाथि जाँचबुझ वा छानविन गर्नुपर्ने भए निलम्बन नगरी नै गर्न सकिने भएको भन्दै सरकारले गरेको निलम्बन फिर्ता गरेको थियो । त्यसपछि उनी काममा फर्किएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।