चुनावमा ओलीलाई हराउन म सक्षम छु : तामाङ

२०७९ श्रावण १९, बिहीबार १७:०९ बजे

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका युवा नेता रन्जित तामाङले आगामी चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग चुनाव लडेर हराउन आफु सक्षम रहेको बताएका छन् । एक अन्तर्वार्तामा तामाङले उक्त कुरा बताएका हुन् ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका उनले यसको लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग टिकट माग्ने पनि बताए । केपी ओली संसद विघटन गर्ने प्रतिगमनकारी भएको हुनाले उनकै निर्वाचन क्षेत्र झापाबाट चुनाव लड्न चाहेको बताए । तामाङको घर पनि झापा नै हो । हारजित जे भए पनि चुनावको नतिजालाई सहजै स्विकार गर्ने उनले बताए ।

उनले भने ‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिकोविरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ तामाङले भने, ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार