धाँधलिको आरोप लाग्दा समेत ४ मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

२०७९ श्रावण १९, बिहीबार १७:४५ बजे

काठमाडौं । चुनावमा धाँधली गरेको आरोप लाग्दा समेत सरकारले यसपटक पनि विद्यूतिय भोटिङ मेसिनको प्रयोग नगर्ने भएको छ ।

मन्त्रीपरिषदको बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने विहिवार निर्णय गरेसंगै विद्युतीय भोटिङ मेसिनको आवाज उठिरहेको समयमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विद्युतीय भोटिङ मेसिन पयोग नहुने प्रष्ट पारेका हुन् ।

निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको थियो ।

‘यसपलि विद्युतीय भोटिङ मेसिनको सम्भावना रहेन, हामीले असार मशान्तभित्र आयोगलाई विद्युतीय भोटिङ मेसिन उपलब्ध गराइदिन आग्रह गरेका थियौं, तर सरकारले उपलब्ध गराउन सकेन’ उनले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार