हिगुईनले लिए सन्यास 

२०७९ आश्विन १८, मंगलवार ०६:५१ बजे

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । हिगुईनेले २०२२ को सिजनको अन्त्यपछि सन्यास लिने घोषणा गरेको मियामीले जनाएको छ ।

अर्जेन्टिनाका हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए । ३४ वर्षीय हिगुईनले चार सिजन युभेन्ट्समा बिताएर मियामी आएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार