नुहाउन गएका बाबु–छोरा बेपत्ता

२०७९ आश्विन १८, मंगलवार १२:४२ बजे

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । आफ्नै गाडीमा सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जीप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ ।

बेपत्ता हुनेहरूमा खाँदबारी–७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको डीएसपी वीरेन्द्र गोदारले बताए । उनीहरूको खोजीकार्य भइरहेको उनले जानकारी दिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार