भ्यानको ठक्करबाट युवतीको मृत्यु

२०७९ आश्विन १८, मंगलवार १२:५५ बजे

बर्दिया – बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।बारबर्दिया नगरपालिका- ९ बनगाइस्थित सडकमा भ्यानले ठक्कर दिँदा ती युवतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका-४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार