प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा

२०७९ आश्विन १८, मंगलवार १६:४८ बजे

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ। प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न सकिने आयोगले बताएको छ। उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन आउन अब ५ दिन मात्र बाँकी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार