बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, एक दर्जन पक्राउ

२०७९ आश्विन १८, मंगलवार १६:५८ बजे

चितवन : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सीएमसी)मा तोडफोड भएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको गएराति क्रममा अस्पतालमा मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले आज अस्पतालमा तोडफोड गरेका हुन् ।

उनीहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मै गएर तोडफोड गरेको अस्पतालले जनाएको छ । तोडफोडबाट झ्यालको सिसा, ढोकासहितका सामग्रीमा क्षति पुगेको छ ।

अहिले भने अस्पताल परिसर शान्त छ । सम्भावित दुर्दघटना हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार