
काठमाडौं : मुग्लिन(नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो ।
यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।
गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।