यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७९ श्रावण २०, शुक्रबार ०८:५० बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार